शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ‘जनताले वी मिस् केपी ओली भनिरहेका छन्,’- महेश बस्नेत
Breaking News

‘जनताले वी मिस् केपी ओली भनिरहेका छन्,’- महेश बस्नेत

जुनेली न्यूज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले जनताले केपी शर्मा ओली खोजिरहेको बताएका छन् ।वर्तमान सरकारले जनअपेक्षा कम गर्न नसकेको उनको आरोप छ |

सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बस्नेतले यस्तो बताएका हुन् । ‘जनताले वी मिस् केपी ओली भनिरहेका छन्,’ बस्नेतले भने, ‘काम गरिरहेका प्रधानमन्त्रीलाई हटाउने, राजदूतलाई हटाउने, परराष्ट्रमन्त्री नियुक्त गर्न नसक्ने । फेरि आन्दोलन गर्नुपर्ने हो ? केपी ओलीकै सरकार ल्याउनुपर्ने हो ?’

अफगानिस्तानमा फसेका नेपालीको उद्धार गर्न आग्रह गर्दै बस्नेतले सरकार जनअपेक्षाअनुरूप चल्न नसकेको समेत बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु