मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्ने निर्णय
Breaking News

सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्ने निर्णय

जुनेली न्यूज, काठमान्डौ | सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्दार गर्ने निर्णय गरेको छ |

आज सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गर्दै समन्वयात्मक रुपमा कम अगाडी बधुना सम्बन्धित सबै निकायहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए | प्रवक्ता कार्कीले भने ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने निर्णय गरेको छ,’|

अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा भयको वातावरण छ । विमानस्थलमा काबुल छाड्न चाहनेहरुको भागदौड देखिन्छ ।
त्यहाँ करिब १५ सय नेपालीहरु रहेको अनुमान छ । उनीहरुको अवस्था थाहा हुन सकेको छैन । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु