सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ‘अहिले सर्वाधिक महत्वको कुरा अफगानिस्तानमा रहेका नेपालीलाई  उद्धार गर्नु हो’ – प्रचण्ड
Breaking News

‘अहिले सर्वाधिक महत्वको कुरा अफगानिस्तानमा रहेका नेपालीलाई  उद्धार गर्नु हो’ – प्रचण्ड

जुनेली न्यूज, काठमाडौं । नेकपा (माओवादी ) केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानको पछिल्लो राजनीतिक घटनाक्रममा गम्भीर ध्यानाकर्षण रहेको बताएका छन् |

उनले यो आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीलाई सुरक्षा र  उद्धार गर्ने रहेको बताएका छन् | साथै सरकारलाई पारिस्थितिलाई मध्यनजर गर्दै अविलम्ब प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन् |

‘यसका लागि म र नेकपा  (माओवादी) केन्द्रको  पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने पनि जानकारी गराउछु’  उनले सामाजिक संजाल फेसबुकमार्फत  भनेका छन् |

फेसबुक प्रतिक्रियाहरु