मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नागपञ्चमीका अवसरमा आज घरका मूलढोकामा नागको तस्वीर टाँसेर नागपञ्चमी मनाइँदै
Breaking News

नागपञ्चमीका अवसरमा आज घरका मूलढोकामा नागको तस्वीर टाँसेर नागपञ्चमी मनाइँदै

जुनेली न्यूज, काठमान्डौ | आज नागपंचमी नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआरधाना गरिन्छ ।
यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएको स्गथानहरु पोखरी, पानी भएको कुवा ईनारमा गई पूजा गर्ने चलन छ । हिन्दुसंस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमी दिन नागपूजा गरी नागपञ्चमी मनाउँने गरिन्छ । नागको मानचित्रमा दही, दुबो, कुश, सिन्दु, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ ।यसले गर्दा घरमा चट्याङले नहान्ने, आगो तथा सर्पको भय नहुने हाम्रो धार्मिक आस्था तथा विश्वास रहिआएको छ ।

नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ  त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ ।
श्रावण शुक्ल पञ्चमी तीथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद सुरु भएको मानिन्छ । ज्योतिष शास्त्रिय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साईत हुर्नु पर्दैन । कुनैपनि घर तथा बंगाला निर्माण गर्दा भूमीमा नाग देवाताको बास भए आजकै दिनमा बिधिवत् पूजाआज गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ ।

प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो । पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि छ ।
यसैले सर्प रहे मात्र हामी मान्छे जीवित र स्वस्थ्य रहन सक्छौं । मान्छे मात्र होइन, चराचर जगतको सन्तुलन मिल्छ । सर्पको यही महिमालाई बुझाउन नाग पञ्चमी मनाउने गरिएको हो ।

कुण्डलीमा राहु केतुको दोष भएकाहरुले पनि आजको दिनमा विधिवत् रुपमा भगवान शिवको पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर्र जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ ।

 

फेसबुक प्रतिक्रियाहरु