शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • वैकल्पिक शिक्षण लक्षित गरि गोकर्नेश्वोर न. पा.ले गर्यो सहजीकरण पुस्तिका बिमोचन एबम वितरण कार्यक्रम
गोकर्नेश्वोर बिशेष

वैकल्पिक शिक्षण लक्षित गरि गोकर्नेश्वोर न. पा.ले गर्यो सहजीकरण पुस्तिका बिमोचन एबम वितरण कार्यक्रम

जुनेली न्युज, काठमाडौँ | गोकर्नेश्वोर नगरपालिकाले नगर स्तरीय सहजीकरण पुस्तिका प्रकाशन गरि आज बिमोचन गरेको छ | नगरपालिका भरिका सम्पूर्ण बिधलायहरुलाई लक्षित गरि बिधार्थिहरुलाई शिक्षामा थप सहज होस् भनि कक्षा १ देखि कक्षा ८ सम्मको लागि सो पुस्तक बिमोचन गरेको हो |

गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद शाखाको आयोजनामा बिहिबार पिस ब्यांकेट जोरपाटीमा एक कार्यक्रमका बीच पूर्व संचारमन्त्रि मोहन बहादुर बस्नेतले बिमोचन गरेका हुन। नगर प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालि काँग्रेसका पुर्व संचार मन्त्रि तथा केन्द्रीय सदस्य मोहन कार्की रहनु भएको थियो भने बिशेष अतिथिको उप प्रमुख शान्ती नेपाल प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, शिक्षा शाखा प्रमुख बिजय प्रसाद आचार्य नगर प्रवक्ता मनोज कुमार ढुंगाना, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल वडा अध्यक्षहरु, सहित बिभिन्न बिध्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।

रामनारायण शाहले कार्यक्रम संचालन गरेका थिए। पुस्तक बिमोचन गर्दै पूर्व संचारमन्त्रि मोहन बहादुर बस्नेतले सिकाइ सहजीकरण पुस्तक तयार पारेकोमा खुसि ब्यक्त गर्दै गोकर्णेश्वर नगरपालिका टिमले एकजुट भई काम गर्दै आएको र सफलता संगै मुलुककै सर्बोत्कृष्ट नगरपालिकाको पहिचान बनाउन सफल भएको बताए | अध्यक्षताको आसन बाट बोल्दै नगर प्रमुख सन्तोष चालिसेले कोभिड-१९ को संक्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु राख्न बिभिन्न बैकल्पिक माध्यम प्रयोग गरि सिकाइ क्रियाकलाप भइरहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु