शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेको अफ्ताव आलमको मुद्दा सर्वोच्चमा
दुर्घटना/अपराध

बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेको अफ्ताव आलमको मुद्दा सर्वोच्चमा

जुनेली न्यूज, काठमाडौं ।। न्यायाधीशहरु प्रकाशमानसिंह राउन र कुमार चुडालको नेपाली कांग्रेस पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले दिएको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ आलमले दिएको निवेदनमा आफू थुनाबाट छुटन पाउनुपर्ने भनी पहिलो प्राथमिकतामा छ ।

आलमलाई बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर थुनामा छन् । उनलाई थुन्नुपर्ने भनी जिल्ला अदालत, रौटहटले दिएको आदेश उच्च अदालतले पनि सदर गरेको थियो । त्यही आदेशविरुद्ध उनी सर्वोच्च अदालत पुगेका हुन् ।

गतमहिना शेरबहादुर देउवा प्रधानमन्त्री भए लगत्तै विशेष अदालत हाजिर भएका विजयकुमार गच्छदार धरौटीमा छुटेका थिए ।कांग्रेस सरकारमा आए लगत्तै आलमको मुद्दा पेशीमा चढ्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु