शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रवेशपत्रको आधारमा विद्यार्थीहरुलाई खोप दिन शुरु
Breaking News

प्रवेशपत्रको आधारमा विद्यार्थीहरुलाई खोप दिन शुरु

जुनेली न्यूज, काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ । खोप प्रवेशपत्रको आधारमा दिने छ |

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार काठमाडौं उपत्यकाका पाँच वटा खोप केन्द्रबाट प्रवेशपत्रको आधारमा विद्यार्थीहरुलाई बिहीबारदेखि खोप दिन शुरु गरिएको हो ।

खड्काका अनुसार काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामति कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन सक्नेछन् ।

त्रिविले सञ्चालन गर्ने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय बुधबारको सचिव स्तरीय बैठकले गरेको थियो ।

स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले उपत्यका बाहिरका विद्यार्थीले भने नजिकैको खोप केन्द्रमा गएर प्रवेशपत्रको आधारमा खोप लगाउन सक्नेछन् ।

 

 

फेसबुक प्रतिक्रियाहरु