शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ह्याकरहरुले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरे
Breaking News

ह्याकरहरुले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरे

जुनेली न्यूज, काठमाडौं । ब्लकचेन साइट पोली नेटवर्कका अनुसार ह्याकरहरुले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोर्न सफल भएका छन् । क्रिप्टोकरेन्सीमाथि ह्याकरहरुले अहिलेसम्मकै ठूलो हमला गरेका हुन् |

क्रिप्टोकरेन्सी प्रणालीमा रहेको कमजोरीलाई दुरूपयोग गर्दै उनीहरुले इथर लगायतका क्रिप्टोकरेन्सीका हजारोँ डिजिटल टोकन हात पारेका छन् ।पोली नेटवर्कले ट्वीटरमार्फत् ह्याकरहरुलाई सम्बोधन गर्दै सम्पर्कमा आउन र ह्याक गरिएका डिजिटल टोकन फिर्ता गर्न अनुरोध गरेको छ ।
ह्याकरलाई ट्वीटरमा लेखेको पत्रमा पोली नेटवर्कले भनेको छ, ‘तिमीहरुले ह्याक गरेको रकम विकेन्द्रित वित्तको इतिहासमै सबैभन्दा ठूलो ह्याकिङ हो । कुनैप्नि मुलुकको कानून कार्यान्वयन निकायले यसलाई प्रमुख आर्थिक अपराधको रुपमा लिनेछ र तिमीहरुलाई कानूनी दायरामा ल्याउनेछ । तिमीहरुले चोरी गरेको रकम दशौँ हजार क्रिप्टो समुदायका सदस्यहरु अर्थात् दशौँ हजार आम मानिसहरुको हो ।’

अन्ततः ह्याक गरिएको घण्टौँपछि ह्याकरहरुले कब्जामा लिएका डिजिटल टोकन फिर्ता गर्न सुरु गरे । सुरुमा सानो परिमाणमा टोकन फिर्ता गरेका ह्याकरहरुले पछि भने दशौँ लाखको संख्यामा डिजिटल टोकन फिर्ता गरे ।

रिपोर्ट अनुसार ह्याकरहरुले २६ करोड ७० लाख इथर, २५ करोड २० लाख बाइनान्स क्वाइन्स तथा साढे ८ करोड युएसडिसी टोकन ह्याक गरेका हुन् ।
पोली नेटवर्कका अनुसार ह्याकरहरुले कन्ट्रयाक्ट कल्समा रहेको समस्याको फाइदा उठाउँदै क्रिप्टो प्रणाली ह्याक गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु