शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • इंगलिस क्लब युइएफए सुपर कपको उपाधि चेल्सीलाइ
Breaking News

इंगलिस क्लब युइएफए सुपर कपको उपाधि चेल्सीलाइ

जुनेली न्यूज, काठमाडौं । इंगलिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार बिहान सम्पन्न खेलमा स्पानिस क्लब भियारियललाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै लण्डन क्लब चेल्सी च्याम्पियन बनेको हो ।

विन्डोरस पार्कमा भएको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

२७ औं मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले अग्रता लिएको थियो भने ७३ औं मिनेटमा जेरार्ड मोरेनाले भियारियालका लागि बराबरी गोल फर्काए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका केपा अरिजाबालागाले भियारियालका कप्तान राउल अल्बिओलको अन्तिम प्रहार रोक्दै चेल्सीलाई जित दिलाए ।
त्यसअघि उनले अईसा मान्डीको प्रहार रोकेका थिए ।

चेल्सीका काई हाभार्टको पहिलो पेनाल्टी नै भियारियलका गोलकिपर सर्जियो असेनजोले बचाएका थिए । तर त्यसपछि चेल्सीका सबैले गोल गरे ।

फेसबुक प्रतिक्रियाहरु