शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • भदौमा महाधिबेशन गर्न पौडेल पक्षका जिल्ला सभापतिको माग
राजनीति

भदौमा महाधिबेशन गर्न पौडेल पक्षका जिल्ला सभापतिको माग

२६ साउन,काठमाण्डौ | नेपाली कांग्रेसका वरिस्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले तोकिएको मितिमा महाधिवेशन गर्न माग गरेका  छन् |

काठमाण्डौमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरुले तोकिएको मिति १७,१८ र १९ गते महाधिवेसहन जसरी पनि सम्पन्न गर्नुपर्ने माग राखेका हुन्|

भेलाले क्रियाशील सदस्यहरुको छानौटसम्बन्धि  विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको छ | तत्काल विवाद समाधान नहुने भए विवाद रहेका स्थानमा १३औ महाधिबेशनको क्रियाशील सदस्यलाई आधार मानेर बिबादको निकास दिन पनि सभापतिहरुको भेलाले पार्टी नेतृत्वलाई आग्रह गरेको छ|

पार्टीको बैधानिकता बचाउन जुन छिटो बिधि हुन्छा त्यो विधि अपनाएर महाधिवेशन गर्न भेलामा सहभागीहरुले सुझाव दिएको नेपाली काँग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वोर नरसिंह केसीले जानकारी दिए |काठमाडौंको एक होटेलमा २ दिन सम्म चलेको भेलामा ५६ जिल्लाका सभापति सहभागी भएको पौडेल पक्षको दाबि छ |प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले महाधिबेशन नगर्न कानुनि परामर्ष गरेको, क्रियाशील सदस्य विवाद समाधान नगरेको साथै निर्वाचन आयोगमा आफ्नो प्रभाव देखाएर पर धकेल्ने प्रयास गरेको निष्कर्ष भेलाले निकालेको काभ्रे जिल्लाका सभापति मधु आचार्यले बताए |

पार्टीको बिधान भन्दा माथि देशको संबिधान रहेकोले संबिधान विपरित हुने काम नगर्न पार्टी सभापति देउवालाई सचेत गराउने निष्कर्ष भेलाले निकालेको सभापति आचार्यले बताए |

फेसबुक प्रतिक्रियाहरु