शनिबार, असार १, २०८१
  • होमपेज
  • कुल्मानलाइ नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तैयारी
Breaking News

कुल्मानलाइ नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तैयारी

२५ साउन, काठमाडौं | उर्जा,जलस्रोत तथा सिचाई मंत्री पम्फा भुसालले कुलामान घीसिंगलाई नेपाल बिध्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएकी छन् |

मन्त्रिपरिषदको बैठक सोमबार ४ बजे बोलाइएको छ | आजको बैठकको नियमित एजेन्डामा यो छैना | तर मंत्री भुसालले भने हितेंद्रदेव शाक्यलाई विशिस्ट श्रेणी सरह सेवा सुविधा दिनेगरी मन्त्रालयमा तान्ने र घिसिंगलाइ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव तैयार पारिएको स्रोतले बताएको छ |

केपी ओली नेतृत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो | तर १९ साउनमा प्रधानामंत्री शेरबहादुर देउवाकै उपस्थितिमा मंत्री भुसालले शाक्यलाई अन्य विकल्प रोज्न आग्रह गरेकी थिइन् |

फेसबुक प्रतिक्रियाहरु