सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कुलमान घिसिङलाई आजै बस्ने मन्त्रिपरिषद्ले विद्युत प्राधिकरणमा नियुक्त गर्दै
Breaking News

कुलमान घिसिङलाई आजै बस्ने मन्त्रिपरिषद्ले विद्युत प्राधिकरणमा नियुक्त गर्दै

जुनेली न्यूज , काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्मा लैजाने भएकी छन् ।

मन्त्रिपरिषद्को बैठक सोमबार ४ बजे बोलाइएको छ । आजको बैठकको नियमित एजेण्डामा यो नभएपनि  मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा तान्ने र घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव तयार पारेको स्रोतले बताएको छ ।

केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियुक्त गरेको थियो । तर १९ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा मन्त्री भुसालले शाक्यलाई अन्य विकल्प रोज्न आग्रह गरेकी थिइन् |

फेसबुक प्रतिक्रियाहरु