सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • लोक सेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नहुने
Breaking News

लोक सेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नहुने

जुनेली न्यूज , काठमाडौं । लोकसेवा आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगले जनाएको छ |  आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने बताए ।

सुवेदीले  भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले बताए ।

आयोगले आ.व. २०७६-०७७ र आ.व. २०७७-०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु