शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • युभेन्टसलाइ ३-० ले पराजित गर्दै बार्सिलोनालाई जोन ग्याम्पर ट्रफी,
समाचार

युभेन्टसलाइ ३-० ले पराजित गर्दै बार्सिलोनालाई जोन ग्याम्पर ट्रफी,

जुनेली न्यूज, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३-० ले पराजित गर्दै जोन ग्याम्पर ट्रफी जितेको छ ।

प्रिसिजन अन्तर्गतको अन्तिम खेलको रुपमा रहेको यस खेलमन बार्सिलोनाले सहज जितसहित नयाँ सिजनका लागि वार्मअफ गरेको छ ।

बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकार्ड पुइगले गोल गरे ।

खेलको तेस्रो मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ५७औं मिनेटमा ब्रेथवेइटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

त्यसपछि इन्जुरी टाइममा पुइगले गोल थपे ।

लिओनल मेस्सीले बार्सिलोनाले छाडेपछि क्लबको यो पहिलो खेल थियो ।

फेसबुक प्रतिक्रियाहरु