शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जापान र भुटानले उपलब्ध गराएको अस्ट्राजेनेका खोप आजबाट लगाइदै
Breaking News

जापान र भुटानले उपलब्ध गराएको अस्ट्राजेनेका खोप आजबाट लगाइदै

जुनेली न्यूज, काठमाडौं । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार कोभिसिल्डको पहिलो डोज लगाइसकेका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा खोप लगाइदै छ।आजदेखि ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्ध कोभिसिल्ड खोपको दोस्रो मात्रा दिएको हो ।

कोभिसिल्डको पहिलो मात्रा लगाएका उनीहरूलाई दोस्रो डोजचाहिँ अस्ट्राजेनेका खोप दिइने भएको हो।

गत चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य १४ लाख जनालाई जापान र भुटानले उपलब्ध गराएका स्ट्राजेनेका खोप दिन लागिएको हो।

मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनका खोप दिने स्वास्थ्य सेवा बिभागले जनाएको छ |

दोस्रो डोज लगाई बाँकी रहेका खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु