सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • ‘असफल व्यक्ति बारम्बार सत्तामा पुग्छन्’- रामचन्द्र पौडेल
Breaking News

‘असफल व्यक्ति बारम्बार सत्तामा पुग्छन्’- रामचन्द्र पौडेल

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई संकेत गर्दै कांग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले असफल व्यक्ति बारम्बार सत्तामा पुग्छन भन्दै कडा टिप्पणी गरेका छन् |

नेता पौडेलले सभापति देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको टिप्पणी गरेका हुन् । ‘यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्,’ पौडेलले भनेका छन् । पौडेलले  महाधिवेशन गर्न नसकेको भन्दै कडा  टिप्पणी समेत गरेका छन् ।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् ;

“पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।
आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ ।
यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?
यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।”

फेसबुक प्रतिक्रियाहरु