बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • महाधिवेशन अन्योलमा परेपछि पौडेलले बोलाए जिल्ला सभापतिहरुको भेला
Breaking News

महाधिवेशन अन्योलमा परेपछि पौडेलले बोलाए जिल्ला सभापतिहरुको भेला

जुनेली न्यूज,काठमान्डौ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकटका केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन् । भदौमा हुने भनिएको १४औं महाधिवेशन अन्योलमा परेपछि पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका हुन् । पौडेलले बोलाएको बैठक सोमबार (आज) दिउँसो ३ बजे महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बस्ने पौडेलनिकट एक नेताले जानकारी दिए ।

कांग्रेसले साउन २८ मा केन्द्रीय समिति बैठक पनि बोलाएको छ । महाधिवेशन अन्योलमा परेपछि सभापति शेरबहादुर देउवालाई समयमै महाधिवेशन गर्न दबाब दिन पौडेलले केन्द्रीय सदस्यहरूको भेला बोलाएको ती नेताले बताए । ‘बैठकले आगामी रणनीति पनि तय गर्नेछ,’ ती नेताले भने, ‘महाधिवेशन हुनैपर्छ भन्ने लाइन हो ।’

यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटकपटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न बिभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं आएका छन् । छलफल आज र भोलि दुई दिनसम्म चल्ने छ ।

पौडेलले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत ‘असफल व्यक्ति बारम्बार सत्तामा पुग्छन’ भनि उल्लेख गरेका थिए |

फेसबुक प्रतिक्रियाहरु