शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनआरएन युकेको चुनाबमा प्रेम गाहा मगरको प्यानलले विजयी हात पार्यो, (हेर्नुहोस नामावली )
Breaking News

एनआरएन युकेको चुनाबमा प्रेम गाहा मगरको प्यानलले विजयी हात पार्यो, (हेर्नुहोस नामावली )

जुनेली न्युज, लण्डन | एनआरएन युकेको अध्यक्ष पदमा प्रेम गाहा मगर बिजय भएका छन् | यस चुनाबमा पहिलो पटक भएको अनलाइन मतदानमा उनले दिपक श्रेष्ठ र रोजिना प्रधान राइ गरि २ प्रत्यासीलाइ हराई आफुले जित हासिल गरेअका हुन् |

निर्वाचन समितिका अनुसार प्रेम गाहा मगरले ४,५७४ मत पाएका छन् भने दिपक श्रेष्ठले २,१९१ र रोजिना प्रधान राइले २,१४८ मत पाएका छन् |

त्यसै गरी एनसीसी यूकेको २ उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४,१६९ र गोविन्द खरेल ३,६६५ मतसहित विजयी भएका छन् । तेस्तै महिला उपाध्यक्षमा शकुन्तला गुरुङले ३,७४३ मत सहित बिजय भएकी छिन |

नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कंडेल ४ हजार ४ सय ९५  मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नारायण कुँवरले २ हजार ७ सय ४८  मत पाए । एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी छबिलाल अर्यालले २ हजार ९ सय ९ मत पाए।

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन् । उनीसंगै प्रतिस्पर्धामा रहेका जीत रानाभाटले २ हजार ६ सय ३९  र डा मुकुन्द बांस्तोलाले  २ हजार ३ सय २५ मत ल्याए ।

सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी भए भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्माले जीत हात पारे । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भए ।

कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही,  इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल  र बालकृष्ण दाहाल विजयी भए। अध्यक्षसहित कार्यसमितिका सबै पदमा गाहामगरकै समूह विजयी भएको छ ।

एनआरएनए इंग्ल्यान्ड राज्य परिषदमा एलबीजेड गुरुङ र स्कटल्यान्डमा काशिराम भन्डारी अध्यक्ष विजयी भएका छन् ।

इंग्ल्यान्डको अध्यक्षमा विजयी गुरुङले ३ हजार ६ सय २३ मत पाए भने प्रतिद्वन्दी डा मीन रानाभाटको ३ हजार १ सय ४१ मत आयो । परिषदको उपाध्यक्षमा भक्त दर्जी, सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई विजयी भए ।

त्यस्तै, स्कटल्यान्ड राज्य परिषदमा काशिराम भन्डारी ५ सय २२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी  दिवाकर पाण्डेले २ सय ५० मत ल्याए ।

स्कटल्यान्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सहसचिवमा यशोदा सुमी भन्डारी र कोषाध्यक्षमा शर्मिला भन्डारी, सहकोषाध्यक्षमा प्रजापति शर्मा विजयी भए ।सदस्यमा बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल विजयी भएका छन् । वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै निर्विरोध भएको थियो।

निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलको अध्यक्षतामा घोषणा कार्यक्रम भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य निर्वाचन समितिका सदस्य सुवसि‌ंह गुरुङले गरेका थिए । निर्वाचन समितिमा सोलिसिटर राजु थापा, दयानिधि सापकोटा, पशुपति भण्डारी, सुवसिंह गुरुङ सदस्य रहेका थिए भने कर्णबहादुर शाही सदस्य सचिव रहेका थिए ।

मतपरिणाम सार्वजनिक भएपछि अध्यक्ष गाहाले आफूलाई मतदान दिने सबै मतदाताहरु तथा निर्वाचन अधिकृत महेन्द्रराज कंडेल सहितको निर्वाचन मण्डल टिमलाई धन्यवाद व्यक्त गरे । आफ्नो चुनावी अभियानमा साथ दिने र आफूसँग चुनावी मैदानमा उठेका सबैको माग सम्बोधन गर्दै धाँधलीरहित र संस्थागत एनआरएनए बनाउने अभियानमा आफू लाग्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

स्रोत: लण्डन नेपाल न्युज

फेसबुक प्रतिक्रियाहरु