मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एनआरएन युकेको सदस्यमा बालकृष्ण दाहालको विजय, मेयर र दिपक रिसालद्वारा बधाई
गोकर्नेश्वोर बिशेष

एनआरएन युकेको सदस्यमा बालकृष्ण दाहालको विजय, मेयर र दिपक रिसालद्वारा बधाई

जुनेली न्युज, लण्डन | एनआरएन युकेको सदस्यमा बालकृष्ण दाहाल विजय भएका छन् | अनलाइन मार्फत भएको  मतदानमा ३ हजार ७ सय ८४ मत ल्याएर दाहालले जित हात परेका हुन् | उनले मत दिने र नदिने सबै मतदातालाई धन्यवाद समेत दिएका छन् | तेस्तै  यता काठमाडौँ गोकर्नेश्वोर नगरपालिकाका मेयर सन्तोष चालिसे र नगरपालिकाकै प्रमुख सल्लाहकार दिपक रिसालले समेत बधाई तथा सफल कार्यकालको शुभकामान दिएका छन् | दाहाल काठमाडौँ कगेश्वोरी मनोहरा नगरपालिका निवासी हुन् |

मलाइ दिनु भएको मतको उच्च सम्मान गर्दै मैले निर्वाचन अघि गरेका बाचा पुरा गर्नेछु, उहाले बताउनु भयो | गैरआवासीय नेपाली संघमा आर्थिक पारदर्शिता गराउन आफ्नो कार्यसमितिमा पहल गर्ने, आफ्नो कला संस्कृति बचाउन प्रेरित गर्ने, युकेमा रहेका दोस्रो पुस्तालाइ सामाजिक कार्यको महत्त्वो र देश प्रति लगाब बढउन र गैरआवासीय संस्थाको हितमा काम गरेर संस्थालाई समृद्धि र बिकाश उन्मुख गर्ने उहाको प्रतिबद्धता छ |

निर्वाचन समितिले युकेको समय अनुसार  सुक्रबार मत परिणाम सार्बजनिक गरेको थियो |

फेसबुक प्रतिक्रियाहरु