शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • वर्तमान  सरकारले दिनप्रतिदिन जनतामारा कार्यक्रम ल्याइरहेको चक्रप्रसाद स्नेहीको आरोप
Breaking News

वर्तमान  सरकारले दिनप्रतिदिन जनतामारा कार्यक्रम ल्याइरहेको चक्रप्रसाद स्नेहीको आरोप

जुनेली न्युज, काठमाडौं ।बुधबारको राष्ट्रिय सभामा सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्ने निर्णयको  विरोध भएको छ ।

बुधबारको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै चक्रप्रसाद स्नेहीले भने, ‘लाखौंलाख सुकुम्बासीहरु, मोहीहरु थिए त्यसलाई आयोग बनाएर प्रत्येक दिन पूर्जा वितरण भइरहेको थियो, त्यो आयोगलाई विघटन गरेर जनतामार कार्यक्रम ल्याएको हुनाले धन्यवाद दिन चाहान्छु  |

स्नेहीले दार्चुला घटनामा पनि खेद प्रकट गरे । तुइन काटिएको प्रत्यक्षदर्शी हुँदाहुँदै छानबिन आयोग बनाएर अलमलाउने काम भएको उनको भनाइ छ ।वर्तमान  सरकारले दिनप्रतिदिन जनतामारा कार्यक्रम ल्याइरहेको आरोप उनले लगाए ।

भारतीय पक्षले तुइन काटिदिंदा दार्चुलाको व्यास नगरपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका छन् ।

 

सो घटनाको छानविन गर्न गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । सो समितिले छानबिन कार्य आजबाट काम सुरु गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु