बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कांग्रेस सभापतिको निवास बुढानिलकण्ठमा कांग्रेसका तिन शिर्ष नेताहरु बैठक बस्दै,
Breaking News

कांग्रेस सभापतिको निवास बुढानिलकण्ठमा कांग्रेसका तिन शिर्ष नेताहरु बैठक बस्दै,

जुनेली न्यूज,  काठमाडौं। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवासको निजी निवास बुढानीलकण्ठमा नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ | आज दिउसो बस्ने बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने पार्टी कार्यालयका मुख्य  पार्टी सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् |

क्रियाशील सदस्यता छानविन समिलते सहमति गर्न नसकेका क्षेत्रको विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारी बैठकले शीर्ष तीन पार्टीले  नेतालाई दिएको थियो । विवाद समाधभानका लागि शिर्ष तिन नेतालाई  पाँच दिनको समय दिइएको भएपनि 5 दिन भित्र सहमति जुट्न सकेन ।

शीर्ष नेताहरुबीच सदस्यता विवादको मापदण्डमै सहमति जुट्न सकेको छैन । क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाइसकेको छ ।

तर बारा, सप्तरी, धनुषा ४, सर्लाही २, रसुवा सिन्धुपाल्चोकलगायतका जिल्लामा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यता विवाद समितिले सुल्झाउन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी दिइएको हो ।

फेसबुक प्रतिक्रियाहरु