बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज साउन २२ गतेदेखि देशैभर सन्चालन
Breaking News

कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज साउन २२ गतेदेखि देशैभर सन्चालन

जुनेली न्यूज, काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान साउन २२ गतेदेखि देशैभर सन्चालन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सुरु हुने र सोही अनुसार अभियान सन्चालन गर्न  ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई मन्त्रालयले आदेश दिएको छ |

असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ ।

हालसम्म खोप लगाउन बाँकी रहेका व्यक्तिहरुले स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर अनिवार्य आफ्नो विवरण इन्ट्री गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले बताएको  छ । सोको आधारमा मात्र लक्षित समूहभित्रका व्यक्तिलाई खोप दिने व्यवस्था गर्न मन्त्रालयले भनेको छ ।

यसैगरी विदेश जाने नेपाली नागरिकलाई क्यूआर कोडसहितको कोरोना खोप लगाएको विद्युतीय प्रमाणपत्र उपलब्ध गराउने काम कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट साउन २० गतेदेखि सुरु गरिएको छ ।

यो काम काठमाडौं उपत्यकालगायत अन्य जिल्लाहरुमा पनि विस्तार गर्दै जाने र खोपको मात्र पूरा गरेका सबै व्यक्तिहरुलाई क्रमशः क्यूआर कोडसहितको विद्युतीय प्रमाणपत्र दिइने मन्त्रालयले बताएको छ |

फेसबुक प्रतिक्रियाहरु