शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एन्फाका सहायक महासचिव वसन्त अर्यालले पदबाट अलग रहने भन्दै एम्फालाई निवेदन
Breaking News

एन्फाका सहायक महासचिव वसन्त अर्यालले पदबाट अलग रहने भन्दै एम्फालाई निवेदन

जुनेली न्यूज, काठमाडौं । एन्फाका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको राजीनामा प्रकरण अनl प्रशिक्षक र एन्फा उपाध्यक्ष पंकज नेम्वाङको विवादले अहिले फुटबल माहोल तातिएको छ ।यसै सन्दर्भमा एन्फाका सहायक महासचिव वसन्तराज अर्यालले  एन्फा अध्यक्षलाई सम्बोधन गर्दै पदबाट अलग रहने भन्दै हिजो आइतबार  निवेदन लेखेका छन् ।

मुख्य प्रशिक्षक र एन्फा वरिष्ठ उपाध्यक्षबीच हाल संस्थामा देखिएको सामान्य भन्दा सामान्य असमझदारीलाई संस्थाभित्रै छलफल गरी समाधान गर्ने मार्ग प्रस्त भए पनि मन्त्रालयमा यो विषयलाई छानविन गर्न पठाउनु दु:खद भएको उनले पत्रमा उल्लेख गरेका छन् ।

अर्यालले २०७७ माघ २६ गते काठमाडौंमा सम्पन्न साधारण सभाले आफ्नो विधान संशोधन गरी मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा रहिरहन विधानत नैतिक संकट परेको हुँदा र अध्यक्षलाई विधान अनुसार काम गर्न सजिलो होस् भनेर पदकबाट अलग रहने घोषणा गरेको उनले जनाएका छन् ।

यसअघि एन्फा कार्यसमितिको आकस्मिक बैठकमा मनोनित पदाधिकारीलाई नबोलाएको भन्दै उपाध्यक्ष शिक्षित पराजुलीले गुनासो व्यक्त गर्दै अबदेखि एन्फाको आगामी बैठकमा उपस्थित नहुने जानकारी गराएका छन् |

 

फेसबुक प्रतिक्रियाहरु