शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न देउवा , पौडेल र सिटौला आज बैठक बस्दै
Breaking News

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न देउवा , पौडेल र सिटौला आज बैठक बस्दै

जुनेली न्यूज , काठमाण्डौ | नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न आज पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठक बस्ने भएका छन् | बैठक बिहान साढे ११ बजे बुढानिलकण्ठमा बस्ने देउवाको सचिवालयले जानकारी दिएको छ |

शीर्ष तीन नेतामाथि पाँच दिनको समयभित्र टुंगो लगाउनुपर्ने मुख्य तीन जिम्मेवारी पहिलो ,बारा र सप्तरी जिल्लामा नयाँ क्रियाशील सदस्यताबारे निर्णय गर्ने हो । यी जिल्लाबाट ढिलो गरी विवरण आएको भन्दै क्रियाशील सदस्यता छानविन समितिले फाइल नै खोलेको छैन ।दोस्रो जिम्मेवारी धनुषा-४ र सर्लाही-२ मा नयाँ क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्ने हो । त्यहाँका कांग्रेस नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बस्दै आएका छन् ।तेस्रो जिम्मेवारी भनेको समायोजनबाट आएका क्रियाशील सदस्यताबारे निर्णय गर्ने हो । राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका सुनील थापा लगायतको टिमलाई दिने क्रियाशील सदस्यतामा विवाद हुँदा सदस्यता वितरण हुन सकेको छैन | क्रियाशील सदस्यता विवादकै कारण कांग्रेसको १४ औं महाधिवेशन सो मितिमा नहुने निश्चित बैसकेको छ |

फेसबुक प्रतिक्रियाहरु