बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • रु ३ लाख ५९ हजार नगतसहित पाँच जुवाडेलाई पक्राउ
दुर्घटना/अपराध

रु ३ लाख ५९ हजार नगतसहित पाँच जुवाडेलाई पक्राउ

जुनेली न्यूज , काठमान्डौ | काठमाण्डौको  गोकर्नेश्वोर नगरपालिका -६ नारायणटारमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रु ३ लाख ५९ हजार नगतसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ |

नारायणटारस्थित गंगाप्रसाद मनिकर्मिको घरमा डेरा गरि बस्ने ओम तामाङ्गलेआफ्नै कोठामा जुवा खेलाउने गरेको बिशेष सुचनाको आधारमा तामाङ्गसहित 5 जनालाई पक्राउ गरेको महानगरीय   प्रहरी परिसर काठमान्डौका एसपी रमेश बस्नेतले बताएका छन् |

जुवा खालबाट बुधबार साँझ प्रहरीले नगतसहित तिन बुक तास बरामत गरेको हो | पक्राउ परेका निजहरुलाई थप अनुसन्धान गरि म्याद  थपको लागि लैजाने तयारि भएको प्रहरीले जनाएको छ |

फेसबुक प्रतिक्रियाहरु