१२ साउन , काठमान्डौ | यहि साउन २७ गतेदेखि मालुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बिक्रि गर्ने भएको छ |
यस कम्पनीले ३ लाख ९२ हजार ७५० कित्ता आइपिओ निस्कासन गर्न लागेको हो | कुल मध्ये 5 हजार ४६९ कित्ता लघुवित्तीयको कर्मचारी २३ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र ३ लाख ६८ हजार ५३३ कित्ता सर्वसाधारणको लागि निस्कासन गरिने छ |
आइपिओं साउन २७ देखि ३१ सम्म आवेदन गर्न सक्नेछन उक्त समयसम्म आइपिओं बिक्रि नभए भदै ९ गते सम्म दिन पाइनेछ | लघुवित्तीय आइपिओ बिक्रि प्रबन्धमा नेपाल एसबी आइ मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ |
कम्पनीको चुक्ता पुर्जी अहिले ७ करोड रहेको छ | आइपिओ बाडफाड पछी पुजी १० करोड ९३ लाख पुग्ने छ |
फेसबुक प्रतिक्रियाहरु