शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मध्यपश्चिम विश्वविद्यालयका सबै संकायको परिक्षा स्थगित
शिक्षा

मध्यपश्चिम विश्वविद्यालयका सबै संकायको परिक्षा स्थगित

१२ साउन , काठमान्डौ | मध्यपश्चिम विश्वविद्यालयले मंगलबारबाट सन्चालन हुने सबै संकायको परिक्षा स्थगित गरेको छ | विभिन्न माग राख्दै सयुक्त बिद्यार्थी संगठनले निरन्तर आन्दोलन गरेपछि परिक्षा स्थगित गरिएको हो |

आज १२ देखि बिज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परिक्षा भौतिक रुपमा लिने भनेको थियो | विश्व बिध्यलले विद्यार्थी आन्दोलनकै कारण परिक्षा स्थगित गरिएको बताएको छ |बिध्यार्थीहरुले अनलाइनमार्फत परिक्षा हुनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए |
सबै संकायका परिक्षा पूर्वनिर्धारित कार्यक्रम एक हप्ता पछाडी सार्ने गरि स्थगित गरिएको छ | परिक्षा व्यवस्थापन प्रमुख डा . आनन्द प्रस्साद सुवेदीले जानकारी दिएका छन् |

मध्यपश्चिम विश्वविद्यालयका सयुक्त बिद्यार्थी संगठनले अनलाइन माध्यमबाट पढाई भएकाले परिक्षा नि अनलाइन माध्यमबाट लिनुपर्ने लगाएतका ११ बुँदे माग राख्दै गत आइतबारदेखी आन्दोलन गरेव्का थिए
विश्व बिद्यालयले समस्या समाधानका लागि भन्दै प्रा . डा . दिप बहादुर रावलको नेतृत्वमा तिन सदस्यीय उच्चस्तरीय समस्या समाधान समिति गठन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन अपिल गरेको छ |

फेसबुक प्रतिक्रियाहरु