आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • पार्टी एकता गरेको एक बर्षमा नै फुटेको अवस्था आउनु दुःखद्- राजेन्द्र महतो
Breaking News

पार्टी एकता गरेको एक बर्षमा नै फुटेको अवस्था आउनु दुःखद्- राजेन्द्र महतो

११ साउन , काठमान्डौ |जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी एकता गरेको एक बर्षमा नै फुटेको अवस्था आउनु दुखद भएको बताएका छन् |

आधिकारिता विवादमा सुनुवाई गरिरहेको निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले भने – “यो प्रयोजनका लागि उपेन्द्रजिको पार्टी बाचाइदिएको थिएन” | साथै  उनले शोषण ,उत्पीडनमा परेका जनतालाई अधिकार दिन पार्टी एकता गरेका पनि बताए |
उपेन्द्र यादवको पार्टी संकटमा परेको बेला आफुहरुले सहयोग गरेको , तर अहिले प्राविधिक कारण देखाएर पार्टी  खोजेको आरोप छ | महतो निकट केन्द्रीय समितिका सदस्यहरु समेत उपेन्द्रतिर लागेका छन् |

महतोले पद जोगाउन गएको बताए | उनले भने ‘पद रक्षा गर्नुपर्ने मजबुरी होला | तर जुन मजबुरीका कारण एताउता गरेको छ , त्यो आज हो , भोलि हुदैन |’

फेसबुक प्रतिक्रियाहरु