शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजिनामा दिनु परेको अब्दुल्लाह अलमुताइरीको भनाइ
Breaking News

वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजिनामा दिनु परेको अब्दुल्लाह अलमुताइरीको भनाइ

११ साउन ,काठमाण्डौ | नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरिले राजिनामा घोषणा गरेका छन् | उनले अखिल नेपाल फुटबल संघ [ एन्फाका ] वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजिनामा दिनु परेको बताए |
उपाध्यक्ष नेम्वाङले दिनदिनै अनेक बहानामा आफुलाई दुख दिएको दाबी गरेका छन | आइतबार सामाजिक सन्जालमार्फत अलमुताइरिले एक्कासि राजिनामा घोषणा गरेका हुन् | साथै उनले राजिनामा पत्र आजै एन्फामा बुझाउने बताएका छन् | मुख्य प्रशिक्षकको घोषणापछीको अवस्थाको छलफलका लागि एन्फामा बैठक बसिरहेको छ | तर एन्फा प्रवक्ता किरण राइले प्रशिक्षकको राजीनामा औपचारिक रुपमा न आएको जानकारी दिएका छन् |
अब्दुल्लाह अलमुताइरिले भने – म एन्फामा रजिनाम दिन गइरहेको छु | वरिष्ठ उपाध्यक्षका कारण मा राजिनामा दिन बाध्य छु, पछिल्लो ३ हप्ता प्रतेक दिन मा माथि नाटक गरिरहेका थिए , |
अलमुता इरिको प्रशिक्षकत्वमा नेपालले विश्वकप छानिटका ३ खेल खेलेको थियो |
जसमा नेपालले चाइनिज ताइपेलाई 2-० गोल अन्तरले परिजित गरेको थियो भने जोर्डन र अष्ट्रेलियासग सम्मान ३-० गोल अन्तरले पराजित भएको थियो |

फेसबुक प्रतिक्रियाहरु