आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • एमाले नेता महेश बस्नेतले खगेन्द्र संग्रौलालाई दिए तह लाउने धम्की
Breaking News

एमाले नेता महेश बस्नेतले खगेन्द्र संग्रौलालाई दिए तह लाउने धम्की

११ साउन, काठमान्डौ | वरिष्ठ लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले  एमाले युवा नेता महेश बस्नेतले आफुलाई तह लाउने धम्कि दिएको बताएका छन् |

लेखक संग्रौलाले सामाजिक सन्जालमार्फत बस्नेतले आफुलाई साइबर सेना लगाएर तह लाउने धम्कि दिएको जानकारी गराएका हुन् |
संग्रौलाले बस्नेतको धम्कीलाई एमाले  अध्यक्ष केपी ओलीको आदेश बमोजिम भएको पनि आसंका गरेका छन् |

आफुलाई बिगतमा संकट कालको बेला मण्डले र निरंकुशताका पक्षधर शाही सेनाको परोक्ष धम्कि दिने गरेको स्मरण गर्दै गणतन्त्रमा पनि त्यस्तो धम्कि नरोकिएको बताएका छन् |
शाही निरङ्कुशतामा मण्डलेका र संकट कालमा शाही सेनाका धम्कि झेलेका थिए ; संग्रौलाले टुइटरमा लेखेका छन् अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेल लगाएर तह लाउने प्रत्यक्ष धम्कि दिए | तह लाउने बदनाम गरेर , कुटेर र होकी मारेर हो ? यो अति उदार र सहिष्णु ओली सर्को आदेश बमोजिमको धम्कि होला | धन्य ओली सर

फेसबुक प्रतिक्रियाहरु