शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्रीलाई बर्खास्त ससदसमेत भंग
Breaking News

ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्रीलाई बर्खास्त ससदसमेत भंग

११ साउन, काठमाडौं । ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् । सरकारविरुद्ध देशभर विरोध प्रदर्शन चलिरहेको बेला राष्ट्रपति केस  सैयदले  ससदसमेत भंग गर्दै प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गरेका हुन् ।सैयदले

कोरोना महामारीविरुद्ध लड्न र अर्थव्यवस्था ठिक तरिकाले सन्चालन गर्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ । केही शहरहरुमा प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।

यहीबीचमा राष्ट्रपति सैयदले आइतबार संसद भंग गरेका हुन् । उनले एक नयाँ प्रधानमन्त्रीको सहयोगमा कार्यकारी अधिकार ग्रहण गर्ने पनि बताएका छन् । साथै  उनले आफ्नो यो कदम संवैधानिक भएको जिकीर गरेका छन् ।

मिडियामा दिएको एक बयानमा राष्ट्रपति सैयदले भनेका छन्- पाखण्ड, विश्वासघात र जनताको अधिकार लुट्नेहरु र हतियार उठाउने योजना बनाउनेहरु सबैलाई म चेतावनी दिन चाहन्छु । जसले गोली चलाउने छ, उमाथि सशस्त्र बलले पनि गोलीले जवाफ दिने छ |

फेसबुक प्रतिक्रियाहरु