शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा रियल मड्रिड रेन्जर्ससँग २-१ ले पराजित
Breaking News

प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा रियल मड्रिड रेन्जर्ससँग २-१ ले पराजित

११ साउन, काठमाडौं । प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब रियल मड्रिड  स्कटिस क्लब रेन्जर्ससँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा सुरुआती अग्रता लिएपनि रियल रेन्जर्ससँग २-१ ले पराजित भएको हो ।
आइब्रोक्स स्टेडियममा भएकाे खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

पहिलाे हाफमा रियलले अग्रता लिएपनि दाेस्राे हाफमा रेन्जर्सले पुनरागमन गर्‍यो ।५५औं मिनेटमा फाशीन साकलाले रेन्जर्सका लागि बराबरी गाेल फर्काए ।
७६औं मिनेटमा नाचो फर्नान्डेज दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा समेटियो ।
त्यसपछि ७७ औं मिनेटमा सेड्रिक इटेनले गोल गर्दै रेन्जर्सलाई २-१ को जित दिलाए

फेसबुक प्रतिक्रियाहरु