शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • (जसपा) आधिकारिताको विवादबारे आज निर्वाचन आयोगले निर्णय गर्दै
Breaking News

(जसपा) आधिकारिताको विवादबारे आज निर्वाचन आयोगले निर्णय गर्दै

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताको विवादबारे आज निर्वाचन आयोगले निर्णय गर्दैछ । आयोगको निर्णय आउने निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटिरहेका छन् ।
यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ । आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गणना गरी आज पार्टी आधिकारिताको निर्णय गर्ने तयारी गरेको छ ।

उपेन्द्र यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर हिजो आइतबार प्रशिक्षण दिएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेताा अशोक राईले प्रशिक्षण दिएका हुन। उनीहरूलाई आइतबार राति रिसोर्टमै राख्ने र सोमबार बिहानको चिया तथा खानापछि सिधै निर्वाचन आयोग लैजाने योजनामा यादव पक्ष रहेको छ ।

फुटनजिक पुगेको जसपाभित्र अहिले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू तानातानको अवस्थामा रहेका छन् । अहिले हेर्दा ५१ जना सदस्य रहेको कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । त्यस्तै केही समयअघिसम्म संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर बनेको छ । यादव समूह अहिले कार्यकारिणी समितिका साथै संसदीय दल दुवैतर्फ बहुमतसहित बलियो अवस्थामा देखिएको छ |

फेसबुक प्रतिक्रियाहरु