शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रामलाल श्रेष्ठले काठमाडौँ क्षेत्र नं ४ को सभापतिमा दावी गरे
Breaking News

रामलाल श्रेष्ठले काठमाडौँ क्षेत्र नं ४ को सभापतिमा दावी गरे

काठमाण्डौ ,साउन ११ ।

नेपाली कांग्रेसको १४ औ महाधिबेशनमा रामलाल श्रेष्ठले  काठमाण्डौ क्षेत्र नं ४ को सभापतिमा  दावी गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलका स्तानिय बासि  श्रेष्ठले आफ्नो क्षेत्रको राजनीतिलाई एक ढिक्का परि सबैलाई मिलाएर संगठित गर्ने उदेश्यको साथ क्षेत्र  नं ४ को  क्षेत्रीय सभापतिमा दावी गरेको बताएका छन।

२०४७ साल देखि नेपाल विद्यार्थी संघ बाट राजनीति शुरु गरेका श्रेष्ठ २०४८ शालमा नेवी संघ चुनिखेलको सभापति बनेका थिए। नेपाली कांग्रेस चुनिखेल इकाई समितिको दुई पटक सभापति बनिसकेका छन् साथै  विविन्न सामाजिक कार्यहरुमा पनि सक्रिय रहेका छन।

सांस्कृतिक सम्पदा संरक्षण र साविक चुनिखेल गाविसको सर्वदलीय संयन्त्रको प्रतिनिधिका रुपमा विकास निर्माणमा पनि योगदान पुर्याएका उनि  डिएलएको जिल्ला सदस्य ,उपत्यका सचिव हुदै केन्द्रिय सचिवको प्रत्यासी रहेका त्यस्तै श्रेष्ठले करिव २० वर्ष कानुन व्यवसायीका रुपमा काम गरेका छन |

नेपालि काँग्रेसमा  आस्था राख्ने सम्पूर्ण क्षेत्र नं ४ हितमा काम गर्ने मेरो इच्छा रहेको भन्दै  सबै क्रियाशील सदस्य, निर्वाचित भएर आउने प्रतिनिधिहरु संग सभापतिमा जिताउन अनुरोध पनि गरेका छन् |

फेसबुक प्रतिक्रियाहरु