शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • निर्मला पन्थलाई न्याय दिन कांग्रेस प्रवक्ता शर्माले गराए सरकारको ध्यानाकर्षण
Breaking News

निर्मला पन्थलाई न्याय दिन कांग्रेस प्रवक्ता शर्माले गराए सरकारको ध्यानाकर्षण

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बालिका निर्मला पन्थको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार ट्वीट मार्फत प्रवक्ता शर्माले आफ्नै दलका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्णन  गराएका हुन् ।

निर्मलालाई न्याय दिनुका साथै कसैले पनि यस्तो नियति भोग्न नपरोस भन्दै प्रवक्ता शर्माले सरकारसँग आग्रह गरेका छन् ।
प्रतिपक्षी हुँदा उठाएको प्रश्नको जवाफ दिने ठाउँमा पुगेको संकेत गर्दै प्रवक्ता शर्माले लेखेका छन्,’ बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो । सम्माननीय @PM_nepal र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

अब गहन दायित्व निभाउनुपर्ने बेला आएको भन्दै उनले उल्लेख गरेका छन् । साथै प्रवक्ता शर्माले बालिका तथा महिला हिंसा, बलात्कार र हत्याको अनेक घटना भैरहेको भन्दै नियन्त्रणका लागि राज्य कठोर बन्नु पर्ने पनि बताए |
२०६५ साल साउन १० गते गृहकार्य गर्न साथीकोमा जान्छु भन्दै घरबाट हिँडेकी भीमदत्त नगरपालिकाकी निर्मला पन्त घर फर्किनन् । त्यसकै भोलिपल्ट उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । तर, उनको हत्याराको हालसम्म पनि पहिचान हुन सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु