शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • चितवनमा सैनिक हत्या प्रकारणमा उसैको साथी पक्राउ
Breaking News

चितवनमा सैनिक हत्या प्रकारणमा उसैको साथी पक्राउ

८ साउन, काठमान्डौ । चितवनमा भएको एक नेपाल सैनिकमा कार्यरतको हत्यामा संलग्न रहेको अभियोगमा उनकै साथी पक्राउ परकेा छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले हत्या आरोपमा भरतपुर महानगरपालिका-२० का गंगाधर ढकाललाई पक्राउ गरेको हो |

बिहीबार भरतपुर १७ मा नेपाली सेनाका हवल्दार भरत गुरुङको शव गोलि हानेको अवस्थामा भेटिएको थियो। फरेन्सिक जाँचमा उनको बायाँ कन्चटमा गोलि हानिएको देदिएको थियो।
चितवनका एसपी ओम अधिकारीका अनुसार ढकालले जग्गा कारोबारमा आठ लाख रुपैयाँको लागि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु