बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कोरोनासँगै भ्रष्टाचारको भाइरसलाई पनि सरकारले नियन्त्रण गर्नुपर्ने काँग्रेस नेता प्रकाशमान सिंहको भनाइ
Breaking News

कोरोनासँगै भ्रष्टाचारको भाइरसलाई पनि सरकारले नियन्त्रण गर्नुपर्ने काँग्रेस नेता प्रकाशमान सिंहको भनाइ

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले अघिल्लो सरकारले पानीजहाजदेखि चुच्चे रेल चलाएकाले भन्दै नयाँ सरकारलाई सहज हुने टिप्पणी गरेका छन् ।

आज बसेको संसदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा नेता सिंहले यस्तो भनेका हुन् | उनले भने, ‘एक किसिमले उहाँ लक्की नै हुनुहुन्छ किनभन्दा ओलीजीको साढे तीन वर्षको समयमा उहाँले पानीजहाज पनि चलाइसक्नुभएको छ ।’
अघि भने, ‘दुवै छिमेकीलाई चुच्चे रेलले जोड्नु भएकै छ । हाइवेमा रनवे बनेकै छ । यही कारण हाम्रा प्रधानमन्त्रीलाई काम सजिलै होला भन्ने लागेको छ ।’

कांग्रेस सांसद सिंहले खोप व्यवस्थापनमा कमजोरी देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । आफ्नो पहिलो , दोस्रो , तेस्रो प्राथमिकता खोप भन्ने प्रधानमन्त्रीको प्रतिवद्धता फेमस भइसकेको उनले बताए छन् ।
उनले कोरोनासँगै भ्रष्टाचारको भाइरसलाई पनि सरकारले नियन्त्रण गर्नुपर्ने अबको आवश्यकता रहेकू पनि बताएका छन |

फेसबुक प्रतिक्रियाहरु