शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अघिल्लो सरकारले गरेको कमजोरी नदोहोर्याई अघि बढ्न यो सरकारलाइ राप्रपा नेता राजेन्द्र लिङदेनको सुझाब
Breaking News

अघिल्लो सरकारले गरेको कमजोरी नदोहोर्याई अघि बढ्न यो सरकारलाइ राप्रपा नेता राजेन्द्र लिङदेनको सुझाब

८ साउन, काठमाडौं । राप्रपा सांसद राजेन्द्र  लिङदेनले सरकारसँग जनताको ठूलो अपेक्षा नभएको बताए छन् । साना सुधारका काम गरे मात्र पुग्ने लिङ्देनले बताए ।

आज बसेको संसदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा लिङदेनले भने, ‘यो सरकारसँग ठूलो आशा गरेका छैनौं । स–साना कुरामा सुधार गरे पुग्छ ।’

चार पटक सरकार  बन्दा र अघिल्लो सरकारले केके कमजोरी गर्‍यो, त्यही नदोहोर्‍याए पुग्ने उनले बताए । तावाबाट उम्किएको माछा भुंग्रोमा नपरोस् भन्ने मात्र जनताले चाहेको हुन् भनि उनले सुनाए ।

पार्टीको बैठक बालुवाटारमा नगर्ने निर्णय गरेर सुखद शुरुवात गरेको भन्दै उनले अघि भने, ‘आज पनि धेरै माग्ने कुरा छैन, सुशासन दिनुस्, नराम्रो नभन्नुस् ।’
उनले पुस २७ लाई पृथ्वी जयन्तीका रुपमा मनाउने निर्णय गर्न समेत आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु