शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को इकाई सभापतिमा दिपक लामाको दावी
Breaking News

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को इकाई सभापतिमा दिपक लामाको दावी

६ साउन , काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को इकाई सभापतिमा दीपक लामाले दावी गर्ने भएका छन । उनले  पार्टीमा आबद्ध भएर आफूले लामो समय देखि कार्यगर्दै आईरहेकोले गोकर्णेश्वर वडा नं. ६ को इकाई सभापतिमा दावी गर्ने उनले  बताए साथै उनले वडा कमिटि पार्टी संगठनको मेरुदण्ड भएकोले संगठनलाई बलियो बनाउन बलियो नेतृत्व आवश्यक  बताएका छन्  ।
कलेज जीवनबाटै साधारण सदस्यता लिई राजनीतिक जीवन शुरु गरेका लामाले २०५१ सालमा तरुण दल पुर्नगठन पछि जोरपाटी गाविस तरुण दल इकाइ सचिवको रुपमा जिम्वेवारी निर्वाह गरेको, १२ औं र १३ औं महाअधिवेशनबाट बुथ प्रतिनिधि भई कार्य गरेको, २०५४ साल पछिका स्थानीय चुनावमा वडा संयोजकको भूमिका निर्वाह गरेको पनि उनले बताए ।
लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारलाई लाई विश्वास गर्ने लामाले आफूले स्थानीय स्तरमा निस्वार्थ रुपमा पार्टी संगठन र जनताको हितमा काम गरेकोले आफूले सभापतिको रुपमा पार्टीलाई वडास्तरमा बलियो बनाउने दावि गरे उनले गोकर्णेश्वर ६ का नेपाली कांग्रेसका आम कार्यकर्ताहरुले सही र सक्षम नेतृत्व चाहेकाले आफूले उम्मेदवारी दिएको बताए । उनले राजनीतिका साथसाथै सामाजिक विकास तथा खेलकुदको क्षेत्रमा पनि क्रियाशिल भएर काम गरिरहेकोले उमेद्द्वारी दिने उनले बताएका । क्रियाशिलहरुले नेतृत्व छान्दा भिजनरी, समाजमा भिजेको, शुद्ध आचरण रहेको, निष्कलङ्क र जस्तोसुकै समस्याको सामना गर्नसक्ने गर्न सक्ने योग्य व्यक्ति छान्ने भएकोले क्रियाशिल सदस्यको मतको बलले नै आफूले सभापतिमा जित्ने विश्वास छंसनेट उनले व्यक्त गरे ।
उनको नेतृत्वमा जोरपाटी फुटबल तथा ब्याडमिन्टन क्लबले उच्चस्तरीय फुटबल तथा ब्याडमिन्टन प्रतियोगिताको आयोजना भएका छन् ।  तत्कालीन समयमा प्रमुख खेलाडीको रुपमा जोरपाटी गाविसको प्रतिनिधित्व गर्दै काठमाडौं उपत्यकाव्यापी प्रतियोगिताहरु गणेशमान स्मृति फुटबल प्रतियोगिता र पुष्पलाल स्मृति प्रतियोगिताहरुमा जोरपाटीको नाम उच्च राख्दै प्रथम स्थान हासिल गर्नुभएको भएको थियो

फेसबुक प्रतिक्रियाहरु