शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ द्वारा स्वर्गीय बद्री सुबेदी प्रति श्रदान्जली
गोकर्नेश्वोर बिशेष

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ द्वारा स्वर्गीय बद्री सुबेदी प्रति श्रदान्जली

जुनेली न्युज, काठमाडौं ।

नेपालि काँग्रेस बाट वडा अध्यक्ष जितेका गोकर्नेश्वोर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण बहादुर सुबेदीको पिता बद्रि सुबेदीको निधन प्रति नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३  द्वारा श्रदान्जली व्यक्त गरेको छ  साथै शोकमा रहेका परिवारलाइ समबेदना समेत प्रकट गरेको छ |

गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीलाई पितृ शोक परेको छ । सुबेदीका बुबा बद्री बहादुर सुवेदीको ८२ वर्षको उमेरमा मंगलबार राति ११ बजे निधन भएको हो ।

साविक जोरपाटी गाविस वडा नं. १ को ३ पटक वडा अध्यक्ष भईसक्नु भएका सुवेदी समाजसेवाको क्षेत्रमा समेत क्रियाशिल हुनुहुन्थ्यो । बद्री बहादुर सुवेदीको स्वास प्रश्वासमा समस्या आई टिचिङ अस्पतालमा ३ दिन देखि उपचार भईरहेको थियो ।

उहाँको ३ छोरी र १ छोरा हुनुहुन्छ । सुवेदीको निधन प्रति नेपालि काँग्रेस काठमाडौँ  क्षेत्र नं ३ सभापति संतोष चालिसे र सम्पूर्ण क्षेत्रीय परिवारले शोकाकुल परिवार प्रति हार्दिक समबेददा प्रकट गरेको छ |

फेसबुक प्रतिक्रियाहरु