शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जोरपाटीमा ओली र विद्याको पुत्ला जलाई बिरोध प्रदर्शन, ५ जना पक्राउ
Breaking News

जोरपाटीमा ओली र विद्याको पुत्ला जलाई बिरोध प्रदर्शन, ५ जना पक्राउ

जेठ १२, काठमाडौँ ।

प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमत्तोमा  प्रतिनिधि सभा विघटन गरेको र मध्यराति राष्ट्रलाइ कु गरेको भन्दै नेपाल दलित बिधार्थी संघले काठमाडौंको जोरपाटी चोकमा मसाल जुलुस सहित पुत्ला जलाएर  विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावको घोषणा असंवैधानिक कदम भएको भन्दै बिरोध गरेको नेपाल दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारले बताए |

No description available.

मसाल जुलुसमा सहभागी भएका  नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष, राजु सुनार, स्ववियु परिषद नेपालका अध्यक्ष निराजन नेपाल, युवा परिचालन समितिका अध्यक्ष पल्देन् लामा, निमा लामा, रोहित ढकाल लगायतलाइ महानगरीय प्रहरी वृत्त बौद्धले  नियन्त्रणमा लिएर  बेलुका ८  बजे छोडेको थियो |

No description available.

फेसबुक प्रतिक्रियाहरु