शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मेयर सन्तोष चालिसेद्वारा अक्सिजन सहितको आइसोलेशन केन्द्र उद्घाटन, लायन्स क्लबको सहयोग
गोकर्नेश्वोर बिशेष

मेयर सन्तोष चालिसेद्वारा अक्सिजन सहितको आइसोलेशन केन्द्र उद्घाटन, लायन्स क्लबको सहयोग

१२ जेठ, काठमाडौँ |

गोकर्णेश्वर नगरपालिकामा  अक्सिजन र मेडिकल सेवा  सहितको आइसोलेसन  केन्द्रको उद्घघाटन भएको  छ । लायन्स क्लब  अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए १ को सहयोगमा २५ बेड सहितको उक्त आइसोलेसन आज  एक कार्यक्रम गरि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले उद्घाटन गरेका हुन् ।  राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनमा सो सेवा रहेको छ |

कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ती नेपाल, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य , वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा,  आइसोलेसन केन्द्रका “फोकल पर्सन” तथा वडा नम्बर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, लायन्स क्लब डिष्ट्रिक ३२५ ए१ का गभर्नर टंकबहादुर श्रेष्ठ , पुर्ब गभर्नर एबम हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल  अनन्त भेटुवाल , पुर्व गभर्नर लायन कुमार राज सुवेदी, यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल लगायत जन प्रतिनिधिसहित स्थानीय लायन्स क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो |

नगर प्रमुख सन्तोष चालिसेले कोरोना संक्रमित निन्न बर्गका व्यक्तिलाई उपचार गर्न आइसोलेसन प्रभावकारी भएको भन्दै लायन्स क्लबलाई धन्यबाद दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु