शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काँग्रेस नेता कान्छारामले अस्पताललाई दिए निशुल्क आइसीयु
रामेछाप बिशेष

काँग्रेस नेता कान्छारामले अस्पताललाई दिए निशुल्क आइसीयु

जुनेली न्युज काठमाडौँ  ।

नेपाली कांग्रेस रामेछापका नेता एवं महाधिवेशन प्रतिनिधि पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ ले तीन वटा आइसियू बेड्सहित स्वास्थ्य सामग्री जिल्ला सदरमुकाम मन्थली स्थित तामाकोसी अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

कोरोना संक्रमणले जिल्ला आक्रान्त स्थितिमा पुगेका बेला स्वास्थ्य सामाग्री दिएर ‘कान्छाराम’ जिल्ला बासीको मनमुटुमा बस्न सफल भएका छन् । उनले यसअघि पनि पटक-पटक जिल्लाका स्थानीय तहहरुलाई एम्बुलेन्स, आपतमा परेकाहरुलाई हेलिकप्टर मार्फत उद्धार लगाएतका उदाहरणीय काम गर्दै आएका छन् ।

‘कान्छाराम’ नामबाट परिचित तामाङ्ले जिल्लामा १ वटा शवबहान र १३ वटा एम्बुलेन्स निःशुल्क रुपमा यसअघि हस्तान्तरण गरिसकेका छन् ।

यस पटक तामाङले कोरोना भाइरस संक्रमणबाट संक्रमित बनेकाहरुलाई उपचारबाट बञ्चित हुन नपरोस भनेर करिब २५ लाख लागतमा तीन वटा आइसीयू बेड हस्तान्तरण गरेको बताए ।

फेसबुक प्रतिक्रियाहरु