बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गोरक्ष्य स्पोर्टिङ क्लवद्वारा जोरपाटीमा मास्क र सेनिटाइजर वितरण
गोकर्नेश्वोर बिशेष

गोरक्ष्य स्पोर्टिङ क्लवद्वारा जोरपाटीमा मास्क र सेनिटाइजर वितरण

जुनेली न्युज, काठमाडौं

गोरक्ष्य स्पोर्टिङ क्लवद्वारा मास्क र सेनिटाइजर वितरण गरेको छ  गाेकर्णेश्वर नगरपालिका वडा नं.५ का अध्यक्ष नारायण ब. सुवेदी, क्लबका सल्लाहकार सम्भु प्रसाद अधिकारी र गोरक्ष्य स्पोर्टिङ क्लवका अध्यक्ष रनजन कुमार सापकोटाको अगुवाइमा वितरण भएको हाे। सो कार्यमा बिद्या सागर ईंग्लिश बोर्डिङ स्कुलले १० पाकेट मास्क र १० लिटर सेनिटाइजर सहयाेग गरेका थिए ।

 

अध्यक्ष सापकोटाले भन्नू भयाे, “कोरोना भाइरसको संक्रमण बढ्दै गरेकाले त्यसबाट सुरक्षित रहन र जनतामझ जनचेतना बढाउने उदेश्य सहित मास्क र सेनिटाइजर वितरण गर्दै छौँ ।” उहाले गाेकणेशाेर न .पा वडा नम्बर-५ जाेरपाटी स्थित चामुनडा गेट नजिक चाेकमा सामग्री बाँडिएको बताउनु भयाे ।

स्थानीय वासिन्दा सामाजिक अभियन्ता र क्लवका पदाधिकारी सबैको समन्वयमा कोरोना नियन्त्रण गर्न सकिने भएकाले कार्यक्रममा आफू पनि सहभागी भएको कल्वका सदस्य सुदिप सुब्बा भुवन प्रसाद र बिबेक शाहले बताउनु भयाे । कोरोना नियन्त्रणका लागि सबै नागरिक सचेत हुनुपर्ने र आफ्नो ठाउँबाट पनि केही सहयोग गर्ने र जनचेतना फैलाउने काममा लागिरहने बताउनु भयाे ।

फेसबुक प्रतिक्रियाहरु