शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गोकर्नेश्वोरका यी दुइ ठाउँमा कोरोना बिरुद्धको खोप लगाउदै
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोरका यी दुइ ठाउँमा कोरोना बिरुद्धको खोप लगाउदै

काठमाडौं जेठ २ । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आज (आइतबार)देखि लगाइँदै छ।
खोप अभियानका लागि गोकर्णेश्वर नगरपालिकामा दुई केन्द्र तोकिएका छन।  गोकर्णेश्वर नगरपालिका वडा नं ६ को चामुण्डा माबी नारायणटार र  गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित नेपाल मेडिकल कलेज क्याम्पस भवनलाइ  खोप केन्द्र तोकिएको हो  ।

चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले आजदेखि खोप लगाउन पाउनेछन्।

खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने बताइएको छ।
खोप बिहान १० बजेदेखि साँझ ४ बजसम्म लगाइने छ।

फेसबुक प्रतिक्रियाहरु