शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनआरएन युके सदस्यमा बिजयीको लागि बालकृष्ण दाहाललाई सन्तोष चालिसे र दिपक रिसालको शुभकामना 
गोकर्नेश्वोर बिशेष

एनआरएन युके सदस्यमा बिजयीको लागि बालकृष्ण दाहाललाई सन्तोष चालिसे र दिपक रिसालको शुभकामना 

जुनेली न्युज, लण्डन ।

कागेश्वरी मनोहरा नगरपालिका, वडा नं. ८ स्थायी घर भई हाल बेलायत बस्दै आउनुभएका बालकृष्ण दाहाल एनआरएन युकेको सदस्य पदका लागि चुनाबि प्रतिस्पर्धामा सहभागि हुनलागेकोमा गोकर्नेश्वोर नगरपालिकाका मेयर एवं नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का सभापति  सन्तोष चालिसे र गोकर्नेश्वोर नगपालिककै प्रमुख सल्लाहाकार तथा नेपालि काँग्रेसका महाधिबेशन प्रतिनिधि दिपक रिसालले सफलताको शुभकामना दिएका छन् | दाहाल लोकतान्त्रिक आनदोलन र सामाजिक कार्यमा निरन्तर सक्रिय राहेका छन् |

यहि जुलाईको ३१ मा हुने भनिएको निर्वाचनमा गैरआवासीय नेपाली संघ युकेको राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) को सदस्या पदमा  बेलायतको रेडिङ्गमा बसोबास गर्ने बालकृष्ण दाहालले उम्मेदवारी दिने घोषणा गरेका छन । बिगत २ दशक देखी बेलायतमा बस्दै आएका दाहाल ‘Penny For Nepal’ का संस्थापक सदस्य तथा बोर्ड मेम्बेर पनि रहेका छन्। उनले आफ्नो संस्थाको मार्फत र व्यतिगत रुपमा सधैँ नेपाल र नेपालीहरुको सहयोग गरिरहेका छन्।

उनले लामो समय देखि लगातार समाज र सामाजिक काममा निश्वार्थ भावनाले काम गर्दै आएका छन्। बिगतमा गरेको कामको समिक्क्षा गर्दै र आफुसंग जोडिनु भएको अग्रज र इस्टमित्रको सल्ला अनुसार उमेद्वार दिएको बताएका छन्। आफ्नो इमान्दारिता, बिबेक अनुभब, सिप, ज्ञान र, क्षमतालाई सदुपयोग गरेर अझै जिम्मेवारी बोध गर्ने उनले भनेको छन्।

बालकृष्ण दाहालले कोभिड १९ को दोश्रो चरणले नेपालमा धेरै असर पारेको हुँदा आफु बिदेशमै रहेपनि जन्मभुमि नेपाललाई माया गरेर गोकर्नेश्वोर नगरपालिकालाइ आर्थिक सहयोग समेत गरेका थिए | यस्तो महामारीको बेला सहयोग गरेकोमा दाहाललाई गोकर्नेश्वोर नगरपालिका मार्फत धन्यवाद समेत दिएको थियो | उक्त सहयोग रकमले नगरपालिकाका कोरोना संक्रामितलाइ सहयोग साथै गरिब दिनदुखिलाई खाद्यान्न सहयोग गरेको मेयर सन्तोष चालिसेको भनाइ छ |

बालकृष्ण दाहाल भन्छन, ” हामि नेपाली प्रदेशमै भए पनि नेपालमा परेको समस्यामा सदैब सहयोग र सदभाब राख्नु पर्छ, एउटा नेपालीलाई दुख पर्दा अर्को नेपालीले सहयोगी हात उठाउनु पर्छ| ”

कोभिडको महामारीमा पनि उनले देश विदेशमा समस्यामा परेका नेपालीहरुलाई ब्यतिगत एबम संस्था मार्फत सहयोग गरेका थिए र अझै गर्ने उनले बताएका छन्। हालसालै नेपालमा ‘Penny For Nepal’ को सहयोगमा चितवनको चेपांग बस्तिमा बिद्यालयको निर्माण सम्पन्न भएको छ। । नेपालमा विनासकारी भुकम्प आउँदा या बाडी पहिरो आउँदा, या अरु कुनै प्राकृतिक प्रकोप आउँदा आफ्नो संस्थाको मार्फत सहयोग गर्दै आएका छन्।

दाहाल भन्छन् आफुले यो निर्वाचनमा जित हासिल गरे गैरआवासीय नेपाली संघमा आर्थिक पारदर्शी गराउन आफ्नो कार्यसमितिमा पहल गर्ने र गैरआवासीय संस्थाको हितमा काम गरेर संस्थालाई समृद्धि र बिकाश उन्मुख गर्ने उनको उदेश्य भएको बताएका छन्। उनले आफ्नो चुनाबी अजेण्डमा बेलायतमा रहेका दोस्रो पुस्ताका नेपालीलाई पनि समेटेर आफ्नो देश प्रति लगाब बढाउन र भाबी दिनमा उनीहरु कै नेतृत्वमा संस्था निर्धक्क भएर हस्तान्तरण गर्ने तयारी पनि गर्ने उल्लेख गरेका छन। यो अभियानमा साथ दिन सबै यु के मा रहेका नेपाली लाई हार्दिक अनुरोध गर्दै र आफुलाई आत्यधिक मतले विजय गराउन अपिल समेत गरका छन्।

 

फेसबुक प्रतिक्रियाहरु