बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • युके एनआरएन मा उम्मेदवार दिने काठमाडौं कागेश्वरी न.पाका बालकृष्ण दाहालको घोषणा
समाचार

युके एनआरएन मा उम्मेदवार दिने काठमाडौं कागेश्वरी न.पाका बालकृष्ण दाहालको घोषणा

लण्डन । यहि जुलाईको ३१ मा हुने भनिएको निर्वाचनमा गैरआवासीय नेपाली संघ युकेको राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) को सदस्या पदमा काठमाण्डौ कागेस्वोरी मनहरा नगरपालिका वडा नं ८ निवासी हाल बेलायतको रेडिङ्गमा बसोबास गर्ने बालकृष्ण दाहालले उम्मेदवारी दिने घोषणा गरेका छन ।

बिगत २ दशक देखी बेलायतमा बस्दै आएका दाहाल ‘Penny For Nepal’ का संस्थापक सदस्य तथा बोर्ड मेम्बेर पनि रहेका छन्। उनले आफ्नो संस्थाको मार्फत र व्यतिगत रुपमा सधैँ नेपाल र नेपालीहरुको सहयोग गरिरहेका छन्। उनले लामो समय देखि लगातार समाज र सामाजिक काममा निश्वार्थ भावनाले काम गर्दै आएका छन्।

उनले बिगतमा गरेको कामको समिक्क्षा गर्दै र आफुसंग जोडिनु भएको अग्रज र इस्टमित्रको सल्ला अनुसार उमेद्वार दिएको बताएका छन्। आफ्नो इमान्दारिता, बिबेक अनुभब, सिप, ज्ञान र, क्षमतालाई सदुपयोग गरेर अझै जिम्मेवारी बोध गर्ने उनले भनेको छन्।

कोभिडको महामारीमा पनि उनले देश विदेशमा समस्यामा परेका नेपालीहरुलाई ब्यतिगत एबम संस्था मार्फत सहयोग गरेका थिए र अझै गर्ने उनले बताएका छन्। हालसालै नेपालमा ‘Penny For Nepal’ को सहयोगमा चितवनको चेपांग बस्तिमा बिद्यालयको निर्माण सम्पन्न भएको छ। । नेपालमा विनासकारी भुकम्प आउँदा या बाडी पहिरो आउँदा, या अरु कुनै प्राकृतिक प्रकोप आउँदा आफ्नो संस्थाको मार्फत सहयोग गर्दै आएका छन्।

दाहाल भन्छन् येदि आफुले यो निर्वाचनमा जित हासिल गरे गैरआवासीय नेपाली संघमा आर्थिक पर्दारसी गराउन आफ्नो कार्यसमितिमा पहल गर्ने र गैरआवासीय संस्थाको हितमा काम गरेर संस्थालाई समृद्धि र बिकाश उन्मुख गर्ने उनको उदेश्य भएको बताएका छन्। उनले आफ्नो चुनाबी अजेण्डमा बेलायतमा रहेका दोस्रो पुस्ताका नेपालीलाई पनि समेटेर आफ्नो देश प्रति लगाब बढाउन र भाबी दिनमा उनीहरु कै नेतृत्वमा संस्था निर्धक्क भएर हस्तान्तरण गर्न तयारी पनि गर्ने उल्लेख गरेका छन। यो अभियानमा साथ दिन सबै यु के मा रहेका नेपाली लाई हार्दिक अनुरोध गर्दै र आफुलाई आत्यधिक मतले विजय गराउन अपिल समेत गरका छन्।

बाल कृष्ण दाहाल

मनोनित एन.सी. सी. सदस्य

बर्कसायर, रेडिङ्ग, यु. के.

फेसबुक प्रतिक्रियाहरु