शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धनकुटामा टाटा सुमो दुर्घटना : १२ जना घाईते, दुईको अवस्था गम्भिर
दुर्घटना/अपराध

धनकुटामा टाटा सुमो दुर्घटना : १२ जना घाईते, दुईको अवस्था गम्भिर

चैत्र २७,

धनकुटा । धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका चुलाचुली -३ बाट बिहान ७ :२० बजे इटहरीको लागि छुटेको सुमो धनकुटाको सरस्वती चोक नजिकै को १ ज २४०६ नम्बर को सुमो अनियन्त्रित भई बिहान ९:२५ दुघर्टना भएको छ।

घाइते भएका मध्ये दुई जनाको अवसथा गम्भीर रहेको धनकुटा प्रहरीले जनाएको छ । उक्त सावरमा १२ जना यात्रु रहेको मध्य २ जना कृषि क्रान्ति अभियान नेपालको केन्दीय उपाध्यक्ष्य पृथ्वी भुजेल सँगै कृषि प्रविधिक सुनिल विष्ट समेत दुर्घटनामा परेको खुल्न आयको छ। घाइते भएका मध्य २७ वर्षीय सुन्दर लिम्बू धनकुटा, रिन्नी लिम्बू २२ वर्षीय धनकुटा, हिम भट्राई धनकुटा, र कुमार सिंह लिम्बू घाइते भएको जानकारी दियका छन्

दुर्घटानामा घाइते सुमो चालक धनकुटा छथर जोरपाटी गाउँपालिका -३ चुलाचुली का कुमार सिंह लिम्बू को धनकुटा अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले बताएको छ।

दुर्घटनामा घाइते भएकाहरुलाई जिल्ला प्रहरी कार्यालय र कृषि क्रान्ति अभियान नेपालको टोलीले उदार गरेको छ।

फोटो हेर्नुहोस्

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु