शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाली कांग्रेसको निर्वाचन समितिमा अब को को ?
समाचार

नेपाली कांग्रेसको निर्वाचन समितिमा अब को को ?

काठमाण्डौ चैत्र २६ (पटा) नेपाली कांगेस्रको १४ महाधिवेशनको लागि गठित निर्वाचन समितिको संयोजक पदबाट माननीय सांसद वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले राजीनामा दिई स्वीकृत भए लगतै सो स्थानमा को आउंछ भन्ने चर्चा शुरु भई सकेको छ । त्यसो त सो निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले आफू संयोजकको लागि योग्य रहेका आधार पेश गर्नु भएको छ । साथै आफू भन्दा अनुभव हिन व्यक्ति संयोजकको रुपमा ल्याएको अवस्थामा नैतिकताको आधारमा बस्न नमिल्ने उहांको तर्क छ । वरिष्ठ अधिवक्ता घिमिरे अहिले निर्वाचन समितिमा रहेका मध्ये पेशागत रुपमा वरिष्ठ हुन भने नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनको अध्यक्ष र  निर्वाचन कमिटिमा नै लगभग तीन कार्यकाल (१२ वर्षं) व्यथित भै सकेको छ । यसैको आधारमा व.अ. घिमिरेको तर्क सहि छ । तर पार्टी राजनीतिमा नियुक्ति वा मनोनयन, लाइनको आधारमा हुने परम्परा छ । व.अ. घिमिरे पूर्व पार्टी सभापति स्व.सुशील कोइरालाको लाइनको पक्का मानिन्छ । त्यसैले संयोजकमा वर्तमान नेका सभापति शेरबहादुर देउवाले आफ्नो मान्छे नै ल्याउछं भने अनुमान छ । तर स्व.सुशीलकोइरालाको देहान्त भई सकेकोले व.अ. घिमिर जस्ता योग्य र अनुभवि व्यक्तित्वलाई आफ्नो बनाएर भए पनि संयोजकमा ल्याउनु पर्छ भन्ने देउवा निकट हितैषीहरुको समेत मनसाय देखिन्छ ।

त्यस्तै निर्वाचन कमिटीका अर्का सदस्य अधिवक्ता खम्मबहादुर खातीको पनि अप्रत्यक्ष रुपमा संयोजकमा दावी हो की भन्ने चर्चा छ । अधिवक्ता खाती नेपाल बार एशोसियसन निर्वतमान महासचिव हुन भने नेपाली कांग्रेसको निर्वाचनमा समितिमा दोस्रो कार्यकालको लागि कार्यरत छन । बार पोलिटिक्समा पोर्टफोलियोको आधारमा अहिले निर्वान  समितिमा भएका सदस्यहरु मध्ये उहां सिनियर हो ।  त्यसैले पार्टी वा जुन सुकै ठाउंमा सधै एउटैलाई बारम्बार निरन्तरता दिनु भन्दा अरुलाई पनि जिम्मेदारी दिनु पर्छ र आफू नेपाली कांग्रेसको पार्टी राजनीतिमा नै प्रत्यक्ष सक्रियहुने सोच रहेकोले निर्वाचन समितिमा निरन्तर रहीरहन नचाहेको उहांले भनिरहंदा अप्रत्य रुपमा निर्वाचन कमिटीको संयोजक दावी गरेको र आफू भन्दा जुनियर वा अनुभवहिन व्यक्तित्व संयोजक ल्याएको अवस्थामा नैतिक रुपमा निर्वाचन समितिमा नबस्ने भनी कुटनीतिक रुपमा भनेको हो भन्ने जानिफकारहरुको विश्लेशण छ ।

नेपाली कांग्रेस पार्टीले बाहिरको व्यक्तित्वलाई संयोजक ल्याउंदा भएका सदस्यहरुले राजीनामा दिने अवस्थामा वा भएका सदस्यहरु मध्येबाट संयोजकमा चुनिंदा होस् खाली हुने सदस्यमा कसलाई लान्छ भन्दा पनि नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनका निर्वतमान अध्यक्ष अधिवक्ता भरतप्रसाद खरेललाई लगोस भन्ने चाहनेहरु देखिन्छ किनभने अधिवक्ता खरेलले आफुनो कार्यकालमा विषम परिष्ठिथिमा पनि २५ सदस्यिय नेपाल वारको चुनावमा १९ जना जिताउन सफल भएको के्रडिट हासिल गरेको छ भने नेविसंघको जस्तो जटिल चुनावलाई पनि सहज ढंगले सम्पन्न गरेको लगाएत चुनावको विषयमा धेरै अनुभव बोकेको व्यक्तित्व मानिन्छ । साथै अन्य सदस्यको मनोनय बांकी रहे समानुपातीक तथा समावेशी अनुरुपमा बनाएको अवस्थामा नेपाली कांग्रेसको निर्वाचन समिति उत्कृट हुन्छ भन्ने कांग्रेसका शुभचिन्तक हरुको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु